२०८२ फाल्गुन ५ गते मंगलवार

वीरगञ्जबाट चोरी भएको मोटरसाइकलसहित एकजना पक्राउ

 

पर्साको वीरगञ्ज महानगरपालिका वडा नं. ९ रानीघाटबाट चोरी भएको मोटरसाइकलसहित एकजना चोर पक्राउ परेका छन्। पक्राउ परेका व्यक्ति रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नं. ८ स्थायी घर भई हाल बारागढी गाउँपालिका वडा नं. ८, बारा बस्ने २७ वर्षीय छोटेलाल सहनी रहेको प्रहरीले जानकारी दिएको छ।

शंकर प्रसाद तेलीको नाममा दर्ता गरिएको मधेश प्रदेश ०३–०३६ प ८५१७ नम्बरको कालो–रातो रंगको २०० CC को NS मोटरसाइकल घर अगाडि सार्वजनिक ढलान सडकमा पार्किङ गरिएको अवस्थामा रहेको थियो। सोही स्थानमा पार्क गरिएको मोटरसाइकलको लक तोडेर छोटेलाल सहनीले चोरी गरेका थिए।

प्रहरीका अनुसार, चोरी गरी लगिँदै गरेको अवस्थामा – पार्किङ गरिएको स्थानबाट करिब ४० मिटर अगाडि डोर्‍याउँदै गर्दा – पर्सा प्रहरी कार्यालयबाट खटिएको विशेष टोलीले सहनीलाई मोटरसाइकलसहित नियन्त्रणमा लिएको हो।

पक्राउ परेका छोटेलाल सहनीलाई चोरीसम्बन्धी कसुरमा पर्सा जिल्ला अदालतबाट पाँच दिनको म्याद लिई अनुसन्धान अघि बढाइएको प्रहरी कार्यालयले जनाएको छ।

प्रहरी स्रोतका अनुसार मोटरसाइकल चोरीको घटनामा अन्य व्यक्ति संलग्न हुनसक्ने आशंकामा थप अनुसन्धान जारी छ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM