श्री गहवामाई रथयात्रा २०८२ का अवसरमा वीरगञ्ज-४ स्थित भगवती टोलमा श्री भगवती युवा क्लबको आयोजनामा चिसो सर्बत तथा पानी वितरण कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।
वडा प्रहरी कार्यालय बिर्ताको अगाडि आयोजित उक्त कार्यक्रममा रथयात्रामा सहभागी भई दर्शनका लागि आएका सयौँ भक्तजनहरूले चिसो पेयको सुविधा प्राप्त गरेका थिए। गर्मी र भीडभाडबीच भक्तजनलाई राहत मिलोस् भन्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको आयोजक क्लबले जनाएको छ।
कार्यक्रममा समाजसेवी प्रकाश उपाध्यायको विशेष सहभागिता रहनुका साथै क्लबका सम्पूर्ण सदस्य तथा पदाधिकारीहरूको उल्लेखनीय उपस्थिति देखिएको थियो। उनीहरूले भक्तजनको सेवा गर्दै समाजमा सकारात्मक सन्देश फैलाउने प्रयास गरेको बताए।
श्री भगवती युवा क्लबले आगामी दिनहरूमा पनि सामाजिक तथा धार्मिक सेवामूलक कार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।

















