२०८२ फाल्गुन ५ गते मंगलवार

सिर्सिया नदी संरक्षण विषयक विशेष अन्तर्क्रिया सम्पन्न

 

सिर्सिया नदीको बढ्दो प्रदूषण नियन्त्रण तथा दीर्घकालीन संरक्षण रणनीतिबारे सरोकारवाला निकायहरूबीच विशेष अन्तर्क्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम उद्योग विभाग पर्साको आयोजनामा वीरगञ्जस्थित होटल भिस्वामा सम्पन्न भयो।

कार्यक्रमको अध्यक्षता विभागका महानिर्देशक सुशील साहले गरेका थिए। प्रमुख अतिथिका रूपमा वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंह सहभागी थिए भने विशिष्ट अतिथिमा पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, बाराका प्रमुख जिल्ला अधिकारी बन्सन्त अधिकारी, जीतपुर सिमरा उपमहानगरपालिकाका प्रमुख राजन पौडेल, र उद्योग वाणिज्य संघ पर्साका अध्यक्ष हरि गौतमको उपस्थिति रहेको थियो।

कार्यक्रममा उद्योग वाणिज्य संघ बारा अध्यक्ष मोहन शर्मा, ग्रीन सिटी प्रहरी सेवा केन्द्र अध्यक्ष प्रकाश खेतान, नेपाल इनोभेटिभ सोसाइटीका प्रमुख कमल चौगाई लगायत विभिन्न संघ–संस्थाका प्रतिनिधि तथा सञ्चारकर्मीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

छलफलका मुख्य बुँदाहरू:सिर्सिया नदीको जल गुणस्तरमा आएको गिरावट,औद्योगिक फोहर तथा फोहोर व्यवस्थापनको चुनौती,नदी किनारको अतिक्रमण,जनचेतना र नीति निर्माणको आवश्यकता सहभागीहरूले नदी संरक्षणका लागि ठोस नीति निर्माण, निगरानी संयन्त्रको सुदृढीकरण, जनचेतनाको अभिवृद्धि, स्थानीय सरकार र निजी क्षेत्रबीचको समन्वय तथा दीर्घकालीन कार्ययोजना अनिवार्य रहेकोमा जोड दिए।

कार्यक्रममा प्राविधिक सुझावहरू प्रस्तुत गर्दै सिर्सिया नदी संरक्षणलाई अभियानको रूपमा अघि बढाउने प्रस्तावसमेत उठाइएको थियो। निष्कर्षमा, सबै सरोकारवाला निकायबीच समन्वित प्रयास, स्पष्ट नीति निर्माण र स्थानीय तहको सक्रिय सहभागिताबाट मात्र दीर्घकालीन सरसफाइ सम्भव हुने निष्कर्ष निकालिएको छ।कार्यक्रमले सिर्सिया नदी बचाउन सरकारी, निजी र सामाजिक क्षेत्रको एकजुटता अपरिहार्य रहेको स्पष्ट सन्देश दिएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM