२०८२ फाल्गुन ३० गते शनिबार

डलफिन एजुकेशन कन्सलटेन्सीको शाखा अब वीरगंजमा पनि

 

बिगत २२ वर्षदेखि शैक्षिक परामर्श सेवामा क्रियाशील डलफिन एजुकेशन कन्सलटेन्सीले आफ्नो नयाँ शाखा वीरगंजमा सञ्चालनमा ल्याएको छ। वीरगंजको लिंगरोडस्थित कार्यालयको शनिबार एक समारोहबीच औपचारिक उद्घाटन गरिएको हो।

विदेशमा उच्च अध्ययन गर्न चाहने विद्यार्थीहरूलाई लक्षित गर्दै सञ्चालनमा ल्याइएको यस शाखाबाट अष्ट्रेलिया, युके, क्यानाडा, युएसए, चीन लगायतका मुलुकमा अध्ययनको चाहना राख्ने विद्यार्थीहरूले परामर्श सेवा लिन सक्नेछन्।

शाखा प्रमुख प्रतिक सिंह परमारका अनुसार वीरगंज शाखामा विश्वविद्यालय र कलेज छनौट, भाषा तयारी कक्षा, IELTS, TOEFL लगायतका भाषा परीक्षाको तयारी सहित सम्पूर्ण शैक्षिक परामर्श सेवाहरू उपलब्ध हुनेछन्।

उनका अनुसार अब वीरगंजका विद्यार्थीहरूलाई यस्ता सेवा लिन काठमाडौँ वा अन्य सहर जानुपर्ने बाध्यता अन्त्य हुनेछ। कन्सलटेन्सीले विद्यार्थीहरूको लक्ष्यअनुसार पारदर्शी र जिम्मेवार सेवा दिने प्रतिबद्धता जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्

उस्तै खबर

Live

Listen Live FM