२०८२ फाल्गुन ५ गते मंगलवार

राजेन्द्र कोईराला सरद्वारा साउथजोन माध्यमिक विद्यालयमा “Knowledge Sharing Session” सम्पन्न

 

 

साउथजोन माध्यमिक विद्यालय, बिरगंजमा आयोजित एक विशेष “Knowledge Sharing Session” लाई प्रसिद्ध शैक्षिक व्यक्तित्व राजेन्द्र  कोईराला सरले नेतृत्व गर्नुभयो। ज्ञान, प्रेरणा र अनुभवको आदानप्रदानका लागि आयोजित उक्त सत्रमा विद्यालयका सम्पूर्ण शिक्षक तथा शिक्षिकाहरुले उत्साहपूर्वक सहभागिता जनाएका थिए।

कार्यक्रममा सरले शिक्षण–अधिगम प्रक्रिया, जीवन कौशल विकास, प्रेरणादायक नेतृत्व, तथा व्यक्तिगत र व्यावसायिक उत्थानका विविध पक्षहरूमा आफ्नो अनुभव र दृष्टिकोण प्रस्तुत गर्नुभयो। उहाँका प्रेरणादायक विचार, स्पष्ट प्रस्तुति शैली, र व्यवहारिक दृष्टिकोणले सहभागी शिक्षकहरूमा नयाँ जोश, आत्मविश्वास र सोचको विकास गरेको सहभागिहरूले बताएका छन्।

सत्रमा सहभागी एकजना शिक्षकले भने, “कोइराला सरको भनाइले हामीलाई फेरि एकपटक शिक्षण पेसाको महत्व र जिम्मेवारीलाई गहिरो रूपमा आत्मसात गर्न प्रेरित गर्‍यो।”

कार्यक्रमको समापनमा विद्यालय प्रशासन प्रमुख अशोक सङ्गगौला सरले कोईराला सरलाई धन्यवाद ज्ञापन गर्दै स्मृति चिन्ह प्रदान गरेका थिए। विद्यालयका प्रधानाध्यापक सरोज चौधरीले भने, “हामी सरप्रति कृतज्ञ छौं। उहाँको ज्ञान र प्रेरणा हाम्रो शिक्षक समुदायका लागि अमूल्य योगदान हो।”

यस प्रकारको कार्यक्रमले शिक्षकमाझ ज्ञान र अनुभवको आदानप्रदान मात्र होइन, विद्यालयको शैक्षिक स्तर अभिवृद्धिमा पनि उल्लेखनीय योगदान पुर्‍याउने विश्वास विद्यालय परिवारले लिएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM