२०८२ पुष १ गते मंगलवार

अपांग केशव खेतानलाई उपकार सेवा नेपालको सहयोगमा व्हिलचेयर प्रदान

 

वीरगञ्ज, वार्ड नं. १० निवासी लक्ष्मी खेतानका १९ वर्षीय छोरा केशव खेतान, जो ६ वर्षको उमेरदेखि शारीरिक रूपमा कमजोर भइकन हाल पूर्ण रूपमा अपांग अवस्थामा पुगेका छन्, उनलाई उपकार सेवा नेपालले सहयोग स्वरूप एक थान व्हिलचेयर प्रदान गरेको छ।

आर्थिक रूपमा कमजोर रहेको परिवारलाई राहत दिने उद्देश्यले उपकार सेवा नेपालकी अध्यक्ष विद्या कुमारी सरावगीले केशवको घरमै पुगेर एक कार्यक्रमबीच व्हिलचेयर हस्तान्तरण गर्नुभयो।

कार्यक्रममा संस्थाकी अभिभावक पद्मा देवी सरावगी, सदस्य सुमन बगेडिया, सामाजिक अभियन्ता प्रकाश थारू तथा अन्य दाताहरूको समेत उपस्थिति रहेको थियो। संस्थाले यस्ता सेवामूलक कार्यलाई निरन्तरता दिने प्रतिवद्धता जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्

neelambads

Live

Listen Live FM