वीरगञ्जस्थित ममता बिधा मन्दिर (MVM) कलेजले मधेश विश्वविद्यालय द्वारा आयोजित कानुनी हाजिरीजवाफ प्रतियोगिता (Legal Quiz Competition 2082) मा दोस्रो स्थान हासिल गर्न सफल भएको छ।
प्रतियोगिता बिरगंजको बिन्दवासीनी पार्टी प्यालेस एण्ड होटल, रानीघाटमा बुधबार सम्पन्न भएको थियो। प्रतियोगितामा वीरगंजका विभिन्न +2 तहका विधि संकाय (Law Faculty) का छात्रछात्राहरूले सहभागिता जनाएका थिए।

प्रतिस्पर्धात्मक वातावरणमा आयोजित सो प्रतियोगितामा MVM कलेजका विद्यार्थीहरूले आफ्नो विधिक ज्ञान, आत्मविश्वास र समुहमा कार्य गर्ने क्षमताको प्रभावशाली प्रदर्शन गर्दै दोस्रो स्थानमा रहन सफल भएका हुन्।
उक्त उपलब्धिले MVM कलेजको शैक्षिक स्तर, कठिन परिश्रम र उच्च प्रतिबद्धतालाई उजागर गरेको संचालक बिश्वास प्रताप साहले जानकारी दिए। उनले भने, “विद्यार्थीहरूको यो सफलता सम्पूर्ण MVM परिवारको गर्वको विषय हो। यसले कानुनी शिक्षाको क्षेत्रमा हाम्रो कलेजको प्रतिबद्धता झल्काउँछ।”

विद्यार्थीहरू, प्रशिक्षकगण तथा सम्पूर्ण कलेज परिवारलाई यो गौरवपूर्ण सफलताका लागि हार्दिक बधाई ज्ञापन गर्दै कलेज प्रशासनले भविष्यमा अझ उत्कृष्टता हासिल गर्ने दृढता व्यक्त गरेको छ।
कानुनी शिक्षामा नेतृत्व र उत्कृष्टताको यात्रामा MVM कलेज निरन्तर अग्रसर रहोस्।

















