२०८२ फाल्गुन ५ गते मंगलवार

भूमि आयोग पर्साद्वारा पटेर्वासुगौलीमा दलित, सुकुम्बासी र अव्यवस्थित बसोवासीको निवेदन दर्ता

 

नेपाल सरकारको नीति अनुसार विगतका भूमिसम्बन्धी आयोगहरूले काम गरिसकेका स्थानहरूमा अहिले पुनः निवेदन दर्ताको प्रक्रिया तीव्र रूपमा अघि बढिरहेको छ। यही क्रममा भूमि आयोग पर्साले बिहिवार पटेर्वासुगौली गाउँपालिका क्षेत्रमा रहेका भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोवासीहरूसँग सम्बन्धित निवेदनहरू दर्ता गरेको छ।

भूमि आयोग पर्साका अध्यक्ष तबरेज अहमदका अनुसार आयोगले विगतमा काम गरिसकेको तर कुनै कारणवश अधिकार पत्र प्राप्त गर्न बाँकी रहेका व्यक्तिहरूको लागि यो अन्तिम अवसर हो। उनले भने, “अहिले आयोगमा बिगतका आयोगले काम गरिसकेका फाइलहरूको पुनः अभिलेखीकृत र प्रक्रिया सम्पन्न गर्ने कार्य तीव्र गतिमा अघि बढिरहेको छ। यदि कोही छुटेका वा प्रक्रियामा अपूरा भएका छन् भने तत्काल कार्यालयमा सम्पर्क राख्नुहोस। यो तपाईं र हाम्रो लागि अन्तिम अवसर हो।”

उनले थप स्पष्ट पारे, “भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोवासीहरूका हक अधिकार सुनिश्चित गर्न आयोग प्रतिवद्ध छ। यस्ता नागरिकले आवश्यक कागजातसहित समयमै निवेदन दर्ता गराउनु अत्यन्त आवश्यक छ।”

पटेर्वासुगौली गा.पा.मा गरिएको यो कार्यले स्थानीयहरूमा आशा जगाएको छ। लामो समयदेखि भूमिको अधिकार पर्खिरहेका नागरिकहरूले आयोगको यो कदमलाई सकारात्मक रूपमा लिएका छन्।‘यो अन्तिम अवसर हो’ अध्यक्ष अहमदको आग्रह समेत गरेका छन।

निवेदन दर्ता कार्यक्रममा स्थानीय जनप्रतिनिधि, कर्मचारी तथा सर्वसाधारणको समेत उपस्थिति रहेको थियो। आयोगले थप स्थानहरूमा पनि यस्तै प्रक्रिया निरन्तर सञ्चालन गरिने जानकारी गराएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM