२०८३ जेष्ठ ३ गते आईतवार

बिरगंजका दुई स्थानमा सम्पन्न भयो रक्तदान कार्यक्रम, ९१ जनाले गरे अमूल्य योगदान

 

बिरगंज महानगरपालिकामा शनिबार दुईवटा छुट्टाछुट्टै स्थानमा सम्पन्न रक्तदान कार्यक्रममा करिब ९० जनाले रक्तदान गरेका छन्। गर्मीयामका कारण रक्तको अभाव हुन थालेपछि विभिन्न संस्थाहरुको सक्रियतामा रक्तदान कार्यक्रम सम्पन्न भएका हुन्।

समाजिक युवा एकता क्लबद्वारा ब्राह्मचोकमा रक्तदान
ब्राह्मचोक, बिरगंजमा समाजिक युवा एकता क्लबको आयोजनामा सम्पन्न रक्तदान कार्यक्रममा ३ महिला सहित ५१ जनाले रक्तदान गरेका छन्।

कार्यक्रम क्लब अध्यक्ष बिक्की महतोको अध्यक्षतामा तथा वडा नं. १२ का अध्यक्ष सुरेश गुप्ताको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो। कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी वीरगंज शाखाका सभापति बृजकिशोर पटेल, समाजसेवी प्रकाश उपाध्याय, नेपाल इनोभेट सोसाइटीका अध्यक्ष कमल चौगाई, फुल मोहम्मद मिया, राजेन्द्र भट्टराई, रेशमकोठी युवा संयोजक अभिलाष गुप्ता, राजन श्रीवास्तव लगायतको उपस्थिति रहेको थियो।

रक्तदान गर्नेहरूमा बिक्की महतो, विशाल कुमार महतो, जयकिसन साह, प्रमोद मण्डल, अनिच मण्डल आदि।प्राविधिक सहयोग: धिरेन्द्र झा, विवेक यादव, बिरसमसेर कुर्मी लगायतका व्यक्तिहरूले गरेका थिए।

त्यसैगरी, बिरगंजस्थित प्रतीमा चौकमा रहेको नेपाल इण्डो हस्पिटल एण्ड आई सेन्टर प्रा.लि. द्वारा आयोजित अर्को रक्तदान कार्यक्रममा १ महिला सहित ४० जनाले रक्तदान गरेका थिए।

“रक्तदान जीवनदान” भन्ने मुलमन्त्रलाई आत्मसाथ गर्दै आयोजना गरिएको कार्यक्रममा डा. प्रमनन्द शाह, डा. निरज कुमार क्याल, र डा. महानन्द कुमार कुर्मीको विशेष उपस्थिति रहेको थियो।

रक्तदान गर्नेहरूमा तमन्ना खान, राधेश्याम साह, मोहम्मद कलाम हवान, धर्मेन्द्र साब, अमित श्रीवास्तव, नुरुल अन्सारी, राहुल साह आदि।रक्त संचार केन्द्र वीरगंजका प्रमुख सौरभराज पाण्डे, जितेन्द्र कुशवाहा, मनिष गुप्ता, नितेश साह लगायतले गरेका थिए।

दुवै कार्यक्रमले गर्मीयाममा रक्तको अभाव हटाउन र जनचेतना फैलाउन महत्त्वपूर्ण योगदान दिएको आयोजकहरूको भनाइ छ। सहभागी रक्तदाताहरूलाई प्रमाणपत्र र धन्यवादसहित सम्मान पनि गरिएको थियो।

प्रतिक्रिया लेख्नुहोस्

उस्तै खबर

Live

Listen Live FM