२०८३ असार १ गते सोमबार

पर्साको सखुवा प्रसौनी गाउँपालिकाद्वारा छात्राहरुलाई स्कूल ब्याग वितरण

 

पर्साको सखुवा प्रसौनी गाउँपालिकाले सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरुलाई स्कूल ब्याग वितरण सुरु गरेको छ।शुक्रबार वडा नम्बर ५ स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालय महुवनमा आयोजना गरिएको कार्यक्रममा कक्षा ९ र १० मा अध्ययनरत २ सय जना छात्राहरुलाई स्कूल ब्याग वितरण गरिएको विद्यालयका प्रधानाध्यापक रामजी रौनियारले जानकारी दिए।

विद्यालय परिसरमै सम्पन्न कार्यक्रममा गाउँपालिकाका अध्यक्ष यशवन्त यादवले विद्यालयका छात्राहरुलाई विद्यालयको तर्फबाट ब्याग वितरण गरेका थिए।

गाउँपालिका अध्यक्ष यादवका अनुसार शिक्षामा बालिका र किशोरीहरुलाई आकर्षित गर्न तथा प्रोत्साहन गर्ने उद्देश्यले गाउँपालिकाले आफ्नै बजेटबाट यस्तो कार्यक्रम सुरु गरेको हो।

उनले पालिकाभित्रका पाँचैवटा माध्यमिक विद्यालयका छात्राहरुलाई ब्याग वितरण गर्ने योजना रहेको जानकारी दिंदै बाँकी विद्यालय—सिरही सथवल, पञ्चगावा, देउरवाना र कटैया—मा समेत चाँडै वितरण गरिने बताए।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM