अभिलाष गुप्ता
चैत २१ बिरगंज
ज्ञान्दा एकाडेमी स्कूलमा अध्यनरत एसकेजीका विद्यार्थीहरूको दीक्षान्त समारोह कार्यक्रम बिहिवार सम्पन्न भएको छ। बिहिवार स्कूलको आफ्नै सभाहलमा विशेष कार्यक्रम गरी विद्यार्थीहरूको दीक्षान्त समारोह सम्पन्न गरेको हो । कार्यक्रमका प्रमुख अतिथी लिटिल बडि स्कुलका संचालक बिजय कुमार बल,विशिष्ट अतिथि एनवाईएफ च्यापटर बिरगंजका सदस्य एवं स्मार्ट किडसका प्रीन्सिपल मनिसा सुनवार श्रेष्ठ एवम यस स्कुलका कार्यकारी निर्देशक राजेन्द्र कोईराला,जागृती मिश्रा ज्ञान्दा एकेडमीका सह-प्रधानाध्यापिका द्वारा सन्युक्त रुपमा पानसमा दीप प्रज्वलन गरी कार्यक्रमको शुभारम्भ गरेका थिए ।
ज्ञान्दा एकेडमी स्कुलका कार्यकारी निर्देशक राजेन्द्र कोईरालाले विद्यार्थीहरुलाई शुभकामना दिँदै विद्यार्थीहरूको खुलेर प्रशंसा गरेका थिए । उनले हाम्रा एसकेजीका विद्यार्थीहरू एउटा बाल्यकालको महत्वपूर्ण युग पारगरी शिक्षाको क्षेत्रमा आफ्नो जड बलियो बनाएको बताए । उनले आजको दिन साच्चिकै हाम्रा विद्यार्थी, अभिभावक र शिक्षकहरुको लागि पनि स्मरणीय रहेको बताए ।
कोईरालाका भनाई अनुसार हामीले पिजी देखि लिएर एसकेजीका विद्यार्थीहरुलाई शिक्षाको साथ साथै अनुशासन, मनोरञ्जन, खेलकुद, स्वास्थ्य र उनीहरूको रुचिको विषयलाई समेत धन्यानमा राखेर अघि बढेको बताए । साथै उनले विद्यार्थीहरुलाई स्वतन्त्र रूपमा राखेर पठन पाठन गराउनु पर्ने र हामी यस्तै गर्दै आइरहेको पनि बताएका थिए ।
उनले थपे साना विद्यार्थीहरु पढाइमा अब्बलको साथ साथै अतिरिक्त क्रियाकलापहरुमा समेत धेरै राम्रा रहेको बताए उनले स्कूल विद्यार्थीहरूको दोस्रो घर रहेको बताउँदै यस ज्ञान्दा एकाडेमीको घरमा हाम्रा विद्यार्थीहरु सुरक्षित रहेको बताएका थिए। उनले भने जुन हिसाबले हाम्रा विद्यार्थीहरु अगाडि बढ्दै छन यो आउने दिनमा हाम्रा लागि ठुुलो उपलब्धि हासिल हुने बताए।
स्कुलकी सह- प्रधानाध्यापक जागृती मिश्राले आजको यस दिनलाई स्मरणीय बनाईदिनु भएकोमा विद्यार्थी, अभिभावक, शिक्षक, शिक्षिका लगायत सबैलाई धन्यबाद दिईन् । साथै उनले आज एसकेजीका विद्यार्थीहरूको दीक्षान्त समारोहको आयोजन गर्न पाउँदा आफूहरुलाई निक्कै गर्भ महसुस भइरहेको बताईन । उनले हाम्रा साना विद्यार्थीहरु भाई बहिनीहरू यस स्कूलका गहना भएको बताईन।उक्त कार्यक्रम संचालन शिक्षिका कोपिला शर्मा र पुस्पा श्रेत्री रहेकि थिईन









