२०८३ आश्विन ७ गते बुधबार

जिल्ला प्रहरी कार्यालय मकवानपुर द्वारा ज्यान मुद्धामा ७ जना मानिस पक्राउ

 

अभिलाष गुप्ता
चैत २१ बिरगंज

जिल्ला मकवानपुर बागमती गा.पा. वडा नं. ०८ भुवनचुलि देउडीभञ्ज्याङ स्थित धरान चतरा सडकको नालीमा हेटौडा उ.म.न.पा. वडा नं. १६ बस्ने वर्ष ३७ को मिलन दंगाल बिहान अन्दजी ६:३० बजेको समयमा मृत अवस्थामा फेला परेको भनि प्राप्त सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट अनुसन्धान अधिकृतको कमाण्डमा केनाईन, सोको सहितको प्रहरी टोली घटनास्थलमा खटि गई प्रारम्भिक अनुसन्धानको क्रममा निम्न व्यक्तिहरुलाई नियन्त्रणमा लिईएको जानकारी गराएका थिए।

मकवानपुर जिल्ला अदालत हेटौडाबाट ज्यान सम्बन्धी कसुर मुद्धामा ७ दिनको म्याद अनुमती लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी गराएका थिए। पक्राउ परेकाहरु निम्न अनुसार जिल्ला मकवानपुर बकैया गा.पा. वडा नं. ०३ बस्ने वर्ष ३६ को प्रशान्त लामा,जिल्ला ललितपुर गोदावारी न.पा. वडा नं. १२ बस्ने वर्ष २४ को किसन दानी,जिल्ला बारा निजगढ न.पा. वडा नं. ०३ बस्ने वर्ष १९ की इनिसा तिमल्सेना,जिल्ला मकवानपुर हेटौडा उ.म.न.पा. वडा नं. १५ बस्ने वर्ष १९ की सुस्मिता तामाङ,जिल्ला सिन्धुली मरिन गा.पा. वडा नं. ०७ बस्ने वर्ष २० की शर्मिला मुक्तान,ऐ.ऐ. बस्ने वर्ष १९ की रोजिना तामाङ,जिल्ला मकवानपुर हेटौडा उ.म.न.पा. वडा नं. १६ बस्ने वर्ष २८ को सुजन पौडेल रहेका थिए।

























प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM