२०८३ असार १४ गते आईतवार

वीरगन्ज उद्योग वाणिज्य संघमा खुद्रा व्यवसायीहरूसँग समस्यामाथि छलफल

 

अभिलाष गुप्ता
वीरगन्ज, १७ वैशाख

वीरगन्ज उद्योग वाणिज्य संघले वीरगन्ज बजारका खुद्रा व्यापारी र व्यवसायीहरूलाई संघको सभाहलमा डाकी उनीहरूको व्यापारिक समस्या तथा सरोकारका विषयमा मंगलबार विशेष छलफल कार्यक्रम आयोजना गरेको छ।

संघ अन्तर्गतको खुद्रा व्यवसाय समिति आयोजनामा सम्पन्न उक्त छलफल कार्यक्रममा खुद्रा व्यवसाय समिति संयोजक तथा संघका वरिष्ठ उपाध्यक्ष माधव राजपाल, कोषाध्यक्ष अनोज रुंगटा, सचिव प्रेमचन्द्र गोयल, सह–कोषाध्यक्ष निरज अग्रवाल, कार्यसमिति सदस्यहरू तथा वीरगन्जका विभिन्न क्षेत्रका खुद्रा व्यवसायीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रमको अध्यक्षता टिवडेवालले गरेका थिए।

छलफलका क्रममा खुद्रा व्यवसायीहरूले भन्सार प्रक्रियाको जटिलता, बजारमा अनियमित प्रतिस्पर्धा, कर प्रशासनसँगको द्वन्द्व लगायतका विविध विषयहरू उठाएका थिए। संघका पदाधिकारीहरूले व्यवसायीहरूका गुनासोहरूलाई गम्भीरतापूर्वक लिँदै आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

संघले यस किसिमका अन्तरक्रियात्मक छलफलले व्यवसायीहरूको आवाज सशक्त रूपमा अगाडि ल्याउन सहयोग पुग्ने विश्वास लिएको छ।

























प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM