२०८२ चैत्र १७ गते मंगलवार

वीरगन्ज स्थित त्रिजुद्ध मावि मधेस प्रदेशको उत्कृष्ट विद्यालयमा छनोट

 

प्राध्यापक  संघ नेपालले मधेस प्रदेशको शिक्षा क्षेत्रमा लामो समयदेखि योगदान पुर्‍याएका आधारभूत र माध्यमिक तहका उत्कृष्ट विद्यालय छनोट गरेको छ।

संघले देशभरका विद्यालयलाई गरेको मधेश प्रदेशबाट माध्यमिक तहमा उत्कृष्ट गर्ने पर्साको वीरगन्ज महानगरपालिका वडा नं ४ बिर्ता स्थित त्रिजुद्ध महावीर प्रसाद रघुवीर राम प्राविधिक विद्यालय र सप्तरीको धानगाछी स्थित श्री आधारभूत विद्यालय सप्तरी छनोट भएको हो।

संघले कक्षा आठको नतिजा, एसइइको नतिजा, विद्यालयप्रति समुदायको आकर्षण, उत्कृष्ट अभ्यास, विद्यार्थी संख्या, विद्यालयको वातावरण, भौतिक सुविधा लगायतका विभिन्न सूचकहरूको आधारमा उत्कृष्ट विद्यालयहरू छनोट गरेको हो।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM