२०८२ चैत्र ३ गते मंगलवार

रोटरी क्लब वीरगञ्जद्वारा दुई जनालाई कृत्रिम खुट्टा जडान, अध्यक्ष रॉट. निर्मल खत्रीको नेतृत्वमा मानवसेवा

 

अभिलाष गुप्ता
वीरगञ्ज, जेठ २७

अन्तर्राष्ट्रिय सामाजिक संस्था रोटरी क्लब वीरगञ्जको ‘रोटरी महावीर जयपुर लिम्ब रिहाबिलिटेशन केन्द्र बीरगञ्ज, नेपाल’ कार्यक्रम अन्तर्गत दुई जनालाई तल्लो कृत्रिम खुट्टा जडान गरिएको छ। क्लबका डायनामिक अध्यक्ष रोटेरियन निर्मल खत्रीको कुशल नेतृत्वमा संचालित यस सेवा अभियानले पर्सा जिल्लाका जोखन हजरा र भारतका नागेन्द्र कुमारलाई एक/एक थान कृत्रिम खुट्टा प्रदान गरेको हो।

प्रत्येक खुट्टाको लागत रु. १६,००० का दरले कुल रु. ३२,००० खर्च गरिएको क्लबका सेवारत चिकित्सकले जानकारी दिएका छन्। रोटरी क्लब वीरगञ्जले मानव सेवा, स्वास्थ्य र पुनर्स्थापनाका क्षेत्रमा निरन्तर क्रियाशील रहँदै आएको छ।

रोटरी क्लबका वर्तमान अध्यक्ष रॉट. निर्मल खत्री

रोटरी क्लबका वर्तमान अध्यक्ष रॉट. निर्मल खत्री बहुआयामी सामाजिक अनुभव बोकेका व्यक्तित्व हुन्। उनी पाँच दशकदेखि लियो र लायनवादमा सक्रिय छन्। उनको नेतृत्वदक्षता र सेवाभावका कारण उनी विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानबाट विभूषित छन्।

अध्यक्ष खत्रीले सामाजिक सेवा र नेतृत्वमा सक्रिय योगदान दिँदै, रोटरी क्लब वीरगञ्जलाई मानव सेवा र सहानुभूतिमा आधारित उदाहरणीय संस्था बनाएका छन्। आगामी दिनमा पनि क्लबले यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।

 

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM