विपदजन्य आगलागिका घटनालाई मध्यनजर गर्दै पर्सा जिल्लामा सम्भावित आगलागीको जोखिम न्यूनीकरण र नियन्त्रणको उद्देश्यले दमकल तथा ‘फायर एक्सटिङ्गुइशर’ प्रयोग सम्बन्धी अभ्यास तथा प्रदर्शन कार्यक्रम सम्पन्न गरिएको छ।
सो कार्यक्रम गृह मन्त्रालय अन्तर्गतको जिल्ला प्रशासन कार्यालय पर्सा तथा मधेश प्रदेश विपद् व्यवस्थापन गुल्म जनकपुर (हाल वीरगंज) को संयुक्त आयोजनामा सम्पन्न भएको हो। कार्यक्रममा आगलागी नियन्त्रणका लागि ‘फायर एक्सटिङ्गुइशर’ प्रयोग गर्ने विधिको demonstration तथा संयुक्त अभ्यास गरिएको थियो।
कार्यक्रममा जिल्ला प्रशासन कार्यालय, पर्साबाट सशस्त्र प्रहरीको सि.प्र.अ.को कमाण्डमा ५५ जना, विपद् व्यवस्थापन गुल्म जनकपुर (हाल वीरगंज) बाट जु.प्र.अ.को २५ जना तथा स्थानीय बासिन्दा १५ जना गरी कुल ९५ जनाको सक्रिय सहभागिता रहेको थियो।
सहभागीहरूलाई आगलागीका जोखिमहरू, सुरक्षाका उपायहरू, प्राथमिक प्रतिकार्य विधिहरू तथा फायर एक्सटिङ्गुइशरको प्रयोग विधिबारे व्यवहारिक अभ्यास गराइएको थियो। यस किसिमका अभ्यासहरूले विपद् व्यवस्थापन क्षमतामा वृद्धि गर्नुका साथै समुदायमा आगलागी सम्बन्धी सचेतना अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ।









