२०८२ फाल्गुन ३० गते शनिबार

विश्व रक्तदाता दिवस 2025 रक्तदान सम्बन्धी समस्याहरूको समाधानमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

 

विश्व रक्तदाता दिवस 2025 को उपलक्ष्यमा रक्तदान सम्बन्धी समस्याहरूको समाधान विषयमा अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न गरिएको छ ।

ब्लड डोनर्स एसोसियशन वीरगन्ज, पर्साको आयोजनामा सम्पन्न कार्यक्रम वीरगन्जस्थित होटल वृंदावनमा गरिएको थियो । कार्यक्रमको अध्यक्षता ब्लड डोनर्स एसोसियशन वीरगन्ज पर्साका अध्यक्ष शत्रुघन नेपालले गर्नुभएको थियो ।

कार्यक्रमको प्रमुख अतिथिको रुपमा नेपाल रेडक्रस सोसाइटी पर्सा जिल्ला शाखाका सभापति बृजकिशोर पटेलको आतिथ्य रह्यो । त्यस्तै विशिष्ट अतिथिको रुपमा मन्त्री बिनोद गिरीको उपस्थिती थियो । कार्यक्रमको स्वागत मन्तव्य निशान्त लामिछानेले गर्नुभएको थियो ।

कार्यक्रममा रक्तदानको क्षेत्रमा देखिएका समस्या, रक्तसंचारको व्यवस्था, सुरक्षा मापदण्ड, जनचेतना अभिवृद्धि, रक्तदाता अभिलेख व्यवस्था लगायत महत्वपूर्ण विषयमा अन्तरक्रियात्मक छलफल गरिएको थियो ।

कार्यक्रममा अर्बिन्द सिंह, डा. सरोज सिंह, वीरगन्ज ईनोभेट सोसाइटी वीरगन्जका अध्यक्ष कमल चौगाई, रक्त संचार केन्द्र वीरगन्जका प्रमुख सौरभ राज पाण्डे, मानवसेवा आश्रमका देवेश गुप्ता, राजन श्रीवास्तव, ओम कुमार झा, महेश सिंह धामी,प्रकाश थारु,रानीघाट उपशाखाका सभापति शतिस सिंह राजपुत सहित समाजसेवी एवं विभिन्न मिडिया बाट आएका पत्रकारहरु लगाएत अन्यको उल्लेखनीय उपस्थिति रहेको थियो ।

उक्त कार्यक्रममा सहभागीहरूले रक्तदानको महत्वपूर्ण भूमिका जनाउनुपर्ने, रक्तदानको व्यवस्था सुधार्नुपर्ने, सुरक्षा व्यवस्था अझै सुदृढ हुनुपर्ने सहितको कुरा औंल्याएका थिए ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM