२०८२ चैत्र १७ गते मंगलवार

विश्व रक्तदाता दिवस 2025 रक्तदान गर्ने संस्थाहरु लाई सम्मानित

 

विश्व रक्तदाता दिवस 2025 को अवसरमा बर्षभर रक्तदान गर्दै महत्वपूर्ण भूमिका खेल्नुभएका संघसंस्थाहरूलाई सम्मान कार्यक्रम सम्पन्न गरिएको छ ।

ब्लड डोनर्स एसोसियशन वीरगन्ज, पर्साद्वारा होटल मकालुमा आयोजना गरिएको कार्यक्रमको अध्यक्षता एसोसियशनका अध्यक्ष शत्रुघन नेपालले गर्नुभयो । कार्यक्रमको प्रमुख अतिथिको रुपमा उद्योग वाणिज्य संघ पर्साका अध्यक्ष हरि गौतमको उपस्थिति थियो ।

त्यस्तै विशिष्ट अतिथिको रुपमा सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादव,जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख एसपी गौतम मिश्रा, शिवजी गुप्ता (सदस्य सचिव-मधेश खेलकुद परिषद्), जवाहिर गुप्ता (वडा अध्यक्ष-वीरगन्ज-९), रामक्षेत्री पटेल (परवानीपुर गाउँपालिका अध्यक्ष), बैजु स्वर्णकार (वडा अध्यक्ष वीरगन्ज-३), भगवान पटेल (नेपाल रेडक्रस सोसाइटी पोखरीया उपशाखा) अनि रक्त संचार केन्द्र वीरगन्जका प्रमुख सौरभ राज पाण्डेको विशेष उपस्थिति थियो ।

सम्मान कार्यक्रम अन्तर्गत २०८१ वैशाख १ देखि चैत्र मसान्तसम्म २५ पिन्टभन्दा बढी रक्तदान गर्ने संघसंस्थाहरूको योगदानको उच्च मूल्याङ्कन गर्दै सम्मान गरिएको थियो । कार्यक्रमको स्वागत मन्तव्य निशान्त लामिछानेले गर्नुभयो ।

कार्यक्रममा अर्बिन्द सिंह, राजन श्रीवास्तव, ओम कुमार झा, शति सिंह राजपूत (रानीघाट उपशाखाका सभापति) सहित समाजसेवी, पत्रकार हरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM