वीरगन्ज कलेज +2 श्रीपुर, वडा नम्बर ११ को आयोजनामा “सफ्ट स्किल्सको शक्ति: सञ्चार कौशल, आत्मविश्वास अनि सहकार्य” सम्बन्धी एकदिवसीय कार्यक्रम सम्पन्न गरिएको छ । कार्यक्रम मुख्यतः बीबीएस प्रथम वर्षमा अध्ययनरत विद्यार्थीहरूको कौशल अभिवृद्धि गर्ने उद्देश्य साथ आयोजना गरिएको थियो ।
कार्यक्रममा प्रमुख अतिथिको रुपमा प्रदेश सभासद् रहबर अन्सारीको उपस्थिति थियो । त्यस्तै विशिष्ठ अतिथिको रुपमा समाजसेवी एवं प्याब्सन पर्साका पूर्व सदस्य प्रकाश उपाध्याय, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष ओम प्रकाश खनाल, वीरगन्ज उद्योग वाणिज्य संघ पर्साका अध्यक्ष हरि गौतम, केसी लामीछाने, वीरगन्ज महानगरपालिकाका प्रमुख प्रशासन अधिकृत अर्बिन्दलाल कर्ण सहित अन्य विशिष्ठ व्यक्तिहरूको सहभागिता थियो ।
उक्त कार्यक्रम वीरगन्जको होटल विश्वासमा सम्पन्न गरिएको थियो । कार्यक्रमको अध्यक्षता वीरगन्ज कलेज +2 का निर्देशक डा. दिपेन्द्र चौधरीले गर्नुभएको थियो । कार्यक्रम दौरान विद्यार्थी, शिक्षक साथै वीरगन्जमा क्रियाशील विभिन्न मीडियाहरूमा कार्यरत पत्रकारहरूको उल्लेखनीय उपस्थिति थियो ।









