२०८२ चैत्र १७ गते मंगलवार

श्री पारसनाथ महादेव मन्दिरमा हिन्दू राष्ट्र स्थापनाको कामनासहित नेजपाद्वारा सामूहिक पूजापाठ

 

 

नेपाल जनता पार्टी (नेजपा) पर्सा जिल्ला समितिको आयोजनामा आज सखुवा प्रसौनी गाउँपालिकामा अवस्थित ऐतिहासिक तथा धार्मिक तीर्थस्थल श्री पारसनाथ महादेव मन्दिर परिसरमा सामूहिक पूजापाठ कार्यक्रम सम्पन्न गरिएको छ।

सो पूजापाठ कार्यक्रम नेपालको सनातन हिन्दू राष्ट्रको पुनःस्थापनाको कामना, राष्ट्रिय एकता, धार्मिक सहिष्णुता, तथा आम नेपाली जनताको सुख, शान्ति र समृद्धिको लागि समर्पित गरिएको पार्टीले जनाएको छ।

कार्यक्रममा नेजपा पर्सा जिल्ला अध्यक्ष अनिल कुर्मीको नेतृत्व रहेको थियो भने पार्टीका केन्द्रीय वरिष्ठ नेता संतोषानन्द महाराज प्रमुख अतिथिको रुपमा उपस्थित थिए।
त्यसैगरी केन्द्रीय सदस्य अधिवक्ता बिनोद प्रसाद कुर्मी, पारस दुबेदी, पर्सा जिल्ला मन्त्री प्रमोद शर्मा, कोषाध्यक्ष राजेश साह कलवार, सह-कोषाध्यक्ष संतोष कुशवाहा, कार्य समिति सदस्यहरू सुमंत कुमार दीप, मधुसूदन ठाकुर लोहार, मनीष वर्णवाल, रंजिता देवी, लगायतका नेताहरु तथा कार्यकर्ताहरु सहभागी थिए।

पूजापाठमा स्थानीय श्रद्धालुजन र साधुसन्त समुदायका अगुवा धर्मेन्द्र दासको पनि विशेष उपस्थिति रहेको थियो।
कार्यक्रमका दौरान श्रद्धालुहरुले वैदिक विधिअनुसार पूजा, आरती र मन्त्रोच्चारण गरी धार्मिक वातावरण सिर्जना गरेका थिए।

पार्टीका नेताहरूले हिन्दू संस्कृति र परम्पराको संरक्षण तथा संवर्द्धनमा सम्पूर्ण राष्ट्र मिलेर अघि बढ्नुपर्नेमा जोड दिएका थिए।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM