२०८२ चैत्र १७ गते मंगलवार

डा. हरिशंकर साह प्याब्सनको प्राज्ञिक परिषद् सदस्यमा मनोनीत

 

 

प्याब्सन (प्राइभेट एन्ड बोर्डिङ स्कुल्स अर्गनाइजेशन नेपाल) पर्साका वरिष्ठ सल्लाहकार डा. हरिशंकर प्रसाद साह प्याब्सनको प्राज्ञिक परिषद् सदस्यमा मनोनीत हुनुभएको छ ।

शनिवार प्याब्सन शिक्षा मन्दिरमा एक कार्यक्रमको आयोजना गरि प्याब्सन राष्ट्रीय अध्यक्षद्वारा साहलाई औपचारिकरुपमा मनोनयन पत्र हस्तान्तरण गरिएको थियो ।

उक्त कार्यक्रममा प्याब्सन पर्साका अध्यक्ष सरोज प्रसाद चौधरी, प्याब्सन केन्द्रिय सदस्य छेडुप लामा सहित अन्य पदाधिकारीहरुले साहको नियुक्तिप्रति शुभकामना व्यक्त गर्दै सफल कार्यकालको कामना गरेका थिए ।

नियुक्तिपछि साहले शिक्षाक्षेत्रको स्तरीकरण, शैक्षिक अनुभूतिलाई अन्तर्राष्ट्रिय मापदण्डमा पुर्‍याउन प्रयास गर्ने प्रतिबद्धता जनाउनुभयो । साहको अनुभव सहितको नेतृत्वमा प्याब्सनको शैक्षिक कार्यक्रम अझ प्रभावकारी हुन सक्ने विश्वास गरिएको छ ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM