२०८२ चैत्र १७ गते मंगलवार

सशस्त्र प्रहरीद्वारा रू. १० लाखभन्दा बढीको औषधि बरामद

 

सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण मुख्यालय पर्साबाट खटिएको टोलीले रू. १० लाख १८ हजार बराबरको अवैध औषधि बरामद गरेको छ ।

सशस्त्र प्रहरी निरीक्षक कपिल राज गिरिको नेतृत्वमा गएको टोलीले वीरगञ्ज महानगरपालिका–१, छप्कैयाबाट भारतबाट अवैध रुपमा भन्सार छलि दुई वटा मोटरसाइकलमा लोड गरि ल्याइएको रू. १० लाख १८ हजार बराबरको RIVITROL-CM नामको मल्टिभिटामिन चक्की (कुल १,०१८ डिब्बा) नियन्त्रणमा लिएको सशस्त्र प्रहरी नायव उपरीक्षक देवेन्द्र बहादुर सिंहले जानकारी दिएका छन् ।

बरामद औषधिसमेत दुई वटा मोटरसाइकल थप कारवाहीको लागि वीरगञ्ज भन्सार कार्यालय पर्सामा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM