सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण मुख्यालय पर्साबाट खटिएको टोलीले रू. १० लाख १८ हजार बराबरको अवैध औषधि बरामद गरेको छ ।
सशस्त्र प्रहरी निरीक्षक कपिल राज गिरिको नेतृत्वमा गएको टोलीले वीरगञ्ज महानगरपालिका–१, छप्कैयाबाट भारतबाट अवैध रुपमा भन्सार छलि दुई वटा मोटरसाइकलमा लोड गरि ल्याइएको रू. १० लाख १८ हजार बराबरको RIVITROL-CM नामको मल्टिभिटामिन चक्की (कुल १,०१८ डिब्बा) नियन्त्रणमा लिएको सशस्त्र प्रहरी नायव उपरीक्षक देवेन्द्र बहादुर सिंहले जानकारी दिएका छन् ।
बरामद औषधिसमेत दुई वटा मोटरसाइकल थप कारवाहीको लागि वीरगञ्ज भन्सार कार्यालय पर्सामा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।



















