२०८२ चैत्र १७ गते मंगलवार

अन्तर्राष्ट्रिय योग दिवस २०२५ को अवसरमा वीरगञ्जमा निःशुल्क तीन दिने योग सत्र सुरु

 

अन्तर्राष्ट्रिय योग दिवस २०२५ को पावन अवसरमा अग्रवाल महिला मञ्च र मारवाडी युवा मञ्च, वीरगञ्जको संयुक्त आयोजनामा तीन दिने निःशुल्क योग सत्रको आयोजना गरिएको छ।

पवित्र कार्यक्रम असार ४ गतेदेखि ६ गतेसम्म प्रत्येक बिहान ५:३० बजेदेखि ७:०० बजेसम्म वीरगञ्जस्थित टाउन हलमा सञ्चालन हुनेछ। यस वर्षको योग दिवसको नारा रहेको छ — “योग से सह अस्तित्व की भावना” (Yoga for Self and Society), जसले व्यक्तिको व्यक्तिगत तथा सामाजिक जीवनमा योगको महत्वलाई झल्काउँछ।

कार्यक्रममा पतञ्जली योग समिति, पर्सा (नेपाल) को सहयोग प्राप्त भएको छ। आयोजक संस्थाहरुका अनुसार सो तीन दिने योग सत्रमा भाग लिएर सहभागीहरुले शारीरिक, मानसिक र आध्यात्मिक रुपमा सन्तुलित जीवन यापन गर्ने प्रेरणा पाउनेछन्।

“योग अपनाऔं, जीवनलाई स्वस्थ बनाऔं” भन्ने मुल मन्त्रका साथ सुरु हुने सो कार्यक्रममा ग्रीनसिटी सामुदायिक प्रहरी सेवा आदर्शनगरका अध्यक्ष जयप्रकाश खेतानको विशेष उपस्थिती रहेको जानकारी दिइएको छ।

कार्यक्रममा अग्रवाल महिला मञ्चकी अध्यक्ष नूतन सरावगी, उपाध्यक्ष कविता खेतान, सचिव श्वेता गुप्ता, कोषाध्यक्ष नैन्सी अग्रवाल, मीरा खेतान र रेनु अग्रवाललगायतको सक्रिय सहभागिता रहने जनाइएको छ।

आयोजक संस्थाका अनुसार यो शिविर तीन दिनसम्म चल्नेछ र त्यस अवधिमा विभिन्न योग अभ्यास, ध्यान विधि, श्वासप्रश्वास नियन्त्रण (प्राणायाम) लगायतका सत्रहरु सञ्चालन गरिनेछ।

सार्वजनिक हितका लागि गरिएको यस कार्यक्रमबाट स्थानीय समुदायमा योग र जीवनशैली सुधार सम्बन्धी सचेतना बढ्ने अपेक्षा लिइएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM