२०८२ फाल्गुन २६ गते मंगलवार

आर्थिक पत्रकारहरूका लागि पूँजी बजारसम्बन्धी अन्तरक्रिया तथा प्रशिक्षण सम्पन्न

 

 

नेपाल धितोपत्र बोर्डको आयोजनामा तथा नेपाल पत्रकार महासंघ, पर्साको सहकार्यमा मधेश प्रदेशका आर्थिक पत्रकारहरूलाई लक्षित गरी एक दिने अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम बिरगंजस्थित क्लासिक होटेलमा आयोजना गरिएको थियो।

कार्यक्रमको उद्घाटन प्रमुख अतिथि तथा विशिष्ट अतिथिहरूले संयुक्त रूपमा ब्यानर पढेर औपचारिक रूपमा शुभारम्भ गरेका थिए। कार्यक्रममा नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष ओमप्रकाश खनालको अध्यक्षता रहेको थियो भने केन्द्रीय लेखा समितिका संयोजक केसी लामिछाने प्रमुख अतिथिको रूपमा उपस्थित थिए।

विशिष्ट अतिथिको रूपमा नेपाल पत्रकार महासंघ मधेश प्रदेशका अध्यक्ष श्याम बन्जारा, नेपाल धितोपत्र बोर्डका प्रतिनिधि मिलन मगर र विनोद महर्जन लगायतका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा बिरगंजका विभिन्न सञ्चारमाध्यममा कार्यरत पत्रकारहरूको उल्लेख्य उपस्थिति रहेको थियो। सहभागी पत्रकारहरूले पूँजी बजारका संरचना, कार्यप्रणाली, नियमन प्रणाली, लगानी सुरक्षाका उपाय र बजार विश्लेषणका बारेमा गहन जानकारी प्राप्त गरेका थिए।

धितोपत्र बोर्डका प्रतिनिधिहरूले नेपालको पूँजी बजारको वर्तमान अवस्था, चुनौती र सम्भावनाबारे प्रस्तुति दिए। साथै, सञ्चारकर्मीहरूले पूँजी बजारसम्बन्धी समाचार लेखनका क्रममा ध्यान दिनुपर्ने पक्ष, तथ्यको पुष्टि र स्रोतको विश्वसनीयताबारेमा पनि छलफल गरेका थिए।

कार्यक्रमको अन्त्यमा सहभागी पत्रकारहरूले यस किसिमको प्रशिक्षणले आर्थिक पत्रकारितामा थप गहिराई र व्यावसायिकता प्रदान गर्ने उल्लेख गर्दै आगामी दिनमा थप व्यवहारिक तालिम र क्षेत्रीय कार्यशालाहरूको अपेक्षा व्यक्त गरेका थिए।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM