२०८२ चैत्र ११ गते बुधबार

नेपाल इनोभेटिभ सोसाइटी वीरगंजद्वारा दृष्टिविहिन विद्यार्थीलाई सामग्री सहयोग

 

नेपाल इनोभेटिभ सोसाइटी वीरगंजले सामाजिक उत्तरदायित्व अन्तर्गत दृष्टिविहिन छात्र–छात्राहरूका लागि सामग्री सहयोग गरेको छ। वीरगंज स्थित त्रिजुद्ध माध्यमिक विद्यालयमा अध्ययनरत दृष्टिविहिन विद्यार्थीहरूलाई लक्षित गरी आयोजित कार्यक्रममा आवश्यक सामग्रीहरू हस्तान्तरण गरिएको हो।

कार्यक्रमको प्रमुख अतिथि वीरगंज उद्योग वाणिज्य संघ पर्साका अध्यक्ष हरी गौतम रहेका थिए भने विशिष्ट अतिथिका रूपमा जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख एसपी गौतम मिश्राको उपस्थिति रहेको थियो।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक नविन मिश्र, नेपाल इनोभेटिभ सोसाइटीका अध्यक्ष तथा समाजसेवी कमल चौगाईं, सचिव रीसिराज सत्याल, सह–सचिव विजय कुमार बल, शिक्षक तथा पत्रकार समुदाय, अभिभावक, तथा समाजसेवीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

सहयोग स्वरूप दृष्टिविहिन बालबालिकालाई इस्पीकर १ थान, कचौरा, प्लेट, गिलास र चम्चाहरू प्रदान गरिएको थियो। असार १५ गते राष्ट्रिय धान दिवसको अवसर पारेर बालबालिकाहरूलाई परम्परागत परिकार – जेरी, चीउरा, दही तथा तरकारी समेत खुवाइएको थियो।

कार्यक्रममा शिक्षक मार्टिन मोक्तान, महेश साह, शिक्षिका जिनु मैया, वडा नं. ३ का वडा अध्यक्ष बैजु लाल सर्वणकार, वडा प्रहरी कार्यालय बिर्ताका प्रमुख निरोज चौलागाई, जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख लोकराज भट्ट, नारायणी अस्पतालका मेसु डा. चुमनलाल दास, डा. निरज चौधरी, मुन लाइट स्कुलका संचालक सुलभ केसी, जेसिज वीरगंजका अध्यक्ष सरोज चौरसिया, मन्दिरा जोशी, गोविन्द गुप्तालगायतको विशेष उपस्थिति रहेको थियो।

नेपाल इनोभेटिभ सोसाइटीले आगामी दिनहरूमा समेत शिक्षा, स्वास्थ्य र सामाजिक उत्थानका क्षेत्रमा निरन्तर सहयोग जारी राख्ने प्रतिबद्धता व्यक्त गरेको छ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM