२०८२ फाल्गुन २८ गते बिहीबार

बिरगंज पब्लिक कलेजको रजत जयन्ती अवसरमा शिक्षक सम्मान कार्यक्रम सम्पन्न

 

बिरगंज पब्लिक कलेजले आफ्नो स्थापनाको २५ औं वार्षिकोत्सव—रजत जयन्तीको अवसरमा विभिन्न विद्यालय तथा कलेजका शिक्षक एवं शिक्षिकालाई सम्मान गरेको छ।

कार्यक्रम वीरगंज पब्लिक कलेजको नयाँ भवनको सभाहलमा सम्पन्न भएको थियो। उक्त समारोहको प्रमुख अतिथि ठाकुर राम बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख रञ्जित यादव रहेका थिए। कार्यक्रमको सञ्चालन वीरगंज पब्लिक कलेजका को–अर्डिनेटर बासु कर्णले गरेका थिए।

कार्यक्रममा विशेष अतिथिका रूपमा शिक्षक हरी तुलाधार, कलेजका संस्थापक डा. दीपक शाक्य, शिक्षाविद् नन्दन यादव, प्याब्सनका केन्द्रिय सदस्य छेडुप लामा, समाजसेवी इमामुदिन अहमद, प्याब्सन पर्साका अध्यक्ष सरोज चौधरी, एन–प्याब्सन पर्साका अध्यक्ष राम श्रेष्ठ, शिक्षाविद् बिनोद मेहता, नवीन मिश्रा, मनिष सिंह, गौतम स्कुलका संचालक सोनम लामा, लाल बाबू पटेल, राकेश मिश्रा, साथै विभिन्न संचार माध्यमका पत्रकार लगायतको उपस्थिति रहेको थियो।

बिरगंज पब्लिक कलेजले आफ्नो शैक्षिक यात्रा वि.सं. २०५७ सालमा वीरगंजको कन्या स्कुलबाट जम्मा ११३ जना विद्यार्थीहरुद्वारा सुरु गरेको थियो। विगत २५ वर्षको अवधिमा कलेजले निरन्तर शैक्षिक सेवा विस्तार गर्दै विभिन्न तहमा उल्लेखनीय योगदान पुर्याउँदै आएको छ।

कार्यक्रममा उपस्थित विशिष्ट पाहुनाहरूले कलेजको प्रगतिपथप्रति प्रसंसा गर्दै आगामी दिनमा अझ गुणस्तरीय शिक्षा प्रदान गर्न प्रेरणा मिल्ने खालका शुभकामना व्यक्त गरेका थिए। कलेजले समाजमा शिक्षकको भूमिकालाई उच्च सम्मान दिँदै उनीहरूको योगदानलाई कदरस्वरूप सम्मान गरेको हो।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM