२०८२ चैत्र ३ गते मंगलवार

नेशनल इन्फोटेक कलेज द्वारा बृहत रक्तदान कार्यक्रम सम्पन्न

 

वीरगञ्जमा अत्यधिक गर्मीका कारण रक्त संचार केन्द्रमा रक्तको अभाव भई अस्पतालहरूमा दोब्बर माग भएपछि नेशनल इन्फोटेक कलेज द्वारा एकदिने बृहत रक्तदान कार्यक्रम सम्पन्न गरिएको छ।

उक्त कार्यक्रम नेपाल रेडक्रस सोसाइटी रेशमकोठीका युवा संयोजक अभिलाष गुप्ताको विशेष उपस्थितिमा सम्पन्न भएको हो। कार्यक्रममा युवा नेता सुधिर पटेल, मानवसेवा आश्रमका देवेश गुप्ता, सामाजिक अभियन्ता ओम कुमार झा र विभिन्न सञ्चार माध्यमका पत्रकारहरूको उपस्थिति रहेको थियो।

कार्यक्रमको उद्घाटन स्वयं नेशनल इन्फोटेक कलेजका प्रशासन प्रमुख काजल सिंहले आफ्नो अमूल्य रक्तदान गरी गर्नु भयो।यस कार्यक्रममार्फत २४ जना महिला सहित १६९ जनाले रक्तदान गरेका थिए।

कार्यक्रम नेशनल इन्फोटेक कलेजको आफ्नै भवनमा सम्पन्न गरिएको थियो।कलेजका संचालक मनिष सिंह, साथै काजल सिंह, स्नेहा शाह, रानी पाल, सम्झना यादव, सुगता कुमारी यादव, मनीका यादव, रबिना खातुन, श्योमनी कुमारी, मनीष सिंह, जितेन्द्र कुमार साह, रीतेश कुमार पटेल, रोशन प्रजापति, लेखनाथ पोखरेल, कृष्ण मिश्र लगायत शिक्षक र विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

उक्त कार्यक्रम एकै दिनको छोटो छलफलपछि, रक्तको अभाव र बिरामीहरूको कठिनाइलाई ध्यानमा राखी आकस्मिक रूपमा सञ्चालन गरिएको हो।

प्राविधिक सहयोगमा रक्त संचार केन्द्र वीरगञ्जका धिरेन्द्र झा, राजन श्रीवास्तव, बिबेक यादव, समिम अन्सारी लगायतको सक्रिय भूमिका रह्यो।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM