२०८२ फाल्गुन ३० गते शनिबार

नेपाली कांग्रेस वडा नं. २१ बुथ समितिद्वारा पार्टी प्रवेश कार्यक्रम सम्पन्न, सयौं नयाँ सदस्य प्रवेश

 

नेपाली कांग्रेस वडा नं. २१ अन्तर्गत बुथ समितिको आयोजनामा एक विशेष पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा विभिन्न राजनीतिक दल परित्याग गरी करीब सयौं महिला तथा पुरुषले नेपाली कांग्रेसमा औपचारिक रूपमा प्रवेश गरेका छन्।

कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेसका केन्द्रीय सदस्य अनिल रुङ्गटा रहेका थिए। आफ्नो मन्तव्यमा रुङ्गटाले हालको गर्मी र पानी अभावको गम्भीर विषय उठाउँदै “पानीको यस्तो जटिल परिस्थितिमा मन्त्रीहरू भाषणमा मात्र सीमित छन्, डिप बोरिङको अगाडि फोटो खिचाएर प्रचारमा व्यस्त छन्” भन्दै आलोचना गरे।

उनले पानीको समस्या समाधानका लागि पुस–माघ महिनामै डिप बोरिङ गाडिनु पर्ने भए पनि अहिले आएर अवस्था विकराल बन्दै गएको बताए। साथै, उनले बीरगंज महानगरपालिकाका उपप्रमुख इम्तियाज आलमलाई तत्काल समस्या समाधान गर्न निर्देशन पनि दिएका थिए।

कार्यक्रममा उपप्रमुख इम्तियाज आलमले पानीको समस्या चाँडै समाधान गर्ने प्रतिबद्धता जनाए। उनले महानगरपालिकाले सम्बन्धित निकायका कर्मचारीहरूलाई छलफलमा बोलाई समाधानतर्फ अग्रसर भइरहेको समेत जानकारी दिए।

कार्यक्रममा विशिष्ट अतिथिका रूपमा नेपाली कांग्रेस पर्साका कार्यवाहक सभापति रामनारायण कुर्मी,जिल्ला सचिव तथा उपप्रमुख इम्तियाज आलम,क्षेत्र नं. २ का सभापति मोहम्मद सहाबुद्दिन,क्षेत्र नं. १ का कार्यवाहक सभापति अनिल सिंह,नगर उपसभापति एवं वडा नं. २८ का अध्यक्ष सर्जुग महतो,मुस्लिम संघका सभापति हबिब मिया,महिला सभापति किरण शर्मा,नेतृ जतन कुर्मी लगायत पार्टीका अन्य नेताहरूको उपस्थिति थियो।

कार्यक्रमको सभापतित्व वडा नं. २१ का बुथ सभापति रामनारायण साहले गरेका थिए।कार्यक्रमको जानकारी उपप्रमुखका प्रेस सल्लाहकार मोहम्मद सदाबले दिनु भएको हो।

प्रतिक्रिया लेख्नुहोस्

उस्तै खबर

Live

Listen Live FM