२०८३ जेष्ठ ३ गते आईतवार

द्वन्द्वकालमा अंगभंग भएका अपाङ्ग वृद्धलाई ‘उपकार सेवा नेपाल’द्वारा ह्वीलचेयर सहयोग

 

परोपकारी संस्था उपकार सेवा नेपालले वीरगन्ज महानगरपालिका–२, छपकैयाका ७२ वर्षीय अपाङ्ग वृद्धलाई ह्वीलचेयर सहयोग प्रदान गरेको छ।

माओवादी द्वन्द्वकालको समयमा बन्दुकको गोली लागी शारीरिक रूपमा अशक्त भएका ती वृद्धको आर्थिक अवस्था निकै कमजोर रहेको अवस्थामा, संस्थाले जीवनयापन सहज होस् भन्ने उद्देश्यले एक थान ह्वीलचेयर प्रदान गरेको हो।

उपकार सेवा नेपालकी अध्यक्ष विद्या सरावगीले ह्वीलचेयर हस्तान्तरण गर्दै सामाजिक उत्तरदायित्व अन्तर्गत यस्ता सहयोग निरन्तर गरिने जानकारी दिइन्।

कार्यक्रममा संस्था सदस्य सुमन बगेडिया, सामाजिक अभियन्ता प्रकाश थारू, वीरगञ्ज कपडा बैंकका अध्यक्ष लालबबु सिंह लगायतको उपस्थिति रहेको थियो।

प्रतिक्रिया लेख्नुहोस्

उस्तै खबर

Live

Listen Live FM