२०८२ फाल्गुन २१ गते बिहीबार

लायन्स क्लब अफ बीरगंज सेन्ट्रल सिटीकी अध्यक्ष सुशीला साहद्वारा लायन राधेश्याम खेतानलाई स्वागत

 

बीरगंजस्थित नवदिप ऐकेडमीमा लायन्स क्लब अफ बीरगंज सेन्ट्रल सिटीकी अध्यक्ष तथा विद्यालयकी सञ्चालिका सुशीला साहले लायन्स क्लबका प्रेरणादायी व्यक्तित्व, महान सामाजिक योद्धा तथा आजीवन सदस्य लायन राधेश्याम खेतान एवं संचारकर्मी अभिलाष गुप्तालाई विद्यालय भ्रमणको अवसरमा सम्मानपूर्वक स्वागत गरेकी छन्।

विद्यालयमा पहिलोपटक पुगेका लायन राधेश्याम खेतानले शिक्षालयहरूलाई समुदाय–सेवा र नेतृत्व विकासको केन्द्रका रूपमा अघि बढाउनुपर्ने विषयमा आफ्ना अनुभव सुनाए। उनले विद्यार्थीसँग संवाद गर्दै सामाजिक उत्तरदायित्व, अनुशासन, मानवीय सेवा र नेतृत्व कौशल जीवनभर उपयोगी हुने बताए।

स्वागत मन्तव्य दिँदै अध्यक्ष सुशीला साहले भनिन्, “लायन राधेश्याम खेतानजस्ता अनुभवी र समाजसेवी व्यक्तित्व हाम्रो विद्यालयमा आउनु नै हामी सबैका लागि गर्वको विषय हो। उहाँका प्रेरणादायी विचारले विद्यार्थीहरूलाई उद्देश्यपूर्ण जीवनतर्फ मार्गदर्शन गर्नेछन्।”

कार्यक्रममा विद्यालयका शिक्षक, विद्यार्थी तथा लायन्स क्लबका प्रतिनिधिहरूको उपस्थिति थियो। विद्यार्थीसँग अन्तरक्रिया पछि खेतानलाई विद्यालयतर्फबाट सम्मानपत्र र अविर राखी सम्मान गरिएको विद्यालय प्रशासनले जनाएको छ।

राधेश्याम खेतान करिब पाँच दशकदेखि लायन्स आन्दोलन मार्फत समुदायमा स्वास्थ्य शिबिर, शिक्षा सहयोग, विपत् राहत तथा दृष्टि–संरक्षणजस्ता सेवात्मक कार्यक्रम निरन्तर गर्दै आएका अनुभवी लायन नेता मानिन्छन्। स्थानीय सामाजिक संस्थाहरूसँग सहकार्य गर्दै सेवा विस्तारमा सक्रिय भूमिका निर्वाह गरेको उनको योगदानप्रति सहभागीहरूले उच्च प्रशंसा व्यक्त गरे।

यसैक्रममा बोल्दै लायन खेतानले अध्यक्ष सुशीला साहको सक्रियतामा प्रशंसा गर्दै भने, शिक्षा, समाजसेवा र पारिवारिक जिम्मेवारीलाई सन्तुलन गर्दै अघि बढ्नु प्रेरणादायी उदाहरण हो। मास्टर तहसम्मको शैक्षिक योग्यता हासिल गरेकी साह नवदिप ऐकेडमी मार्फत गुणस्तरीय शिक्षासँगै सामुदायिक सेवा कार्यक्रमहरू सञ्चालन गर्ने कार्यमा अग्रसर रहेकी छिन्।

प्रतिक्रिया लेख्नुहोस्

उस्तै खबर

Live

Listen Live FM