२०८२ फाल्गुन २९ गते शुक्रबार

भारतीय प्रधानमन्त्री मोदीको भ्रमण : सुरक्षा कडा, भारत–नेपाल सिमाना शुक्रबार शिल

 

मोतिहारी : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको १८ जुलाईमा हुने बहुप्रतीक्षित भ्रमणलाई ध्यानमा राखी पूर्वी चम्पारण जिल्ला प्रशासनले ठूलो निर्णय गरेको छ। प्रधानमन्त्रीको सुरक्षालाई प्राथमिकता दिँदै शुक्रबार १८ जुलाईका दिन भारत–नेपाल सिमाना बिहानदेखि दिउँसो २ बजेसम्म पूर्ण रूपमा बन्द रहनेछ। उक्त अवधिमा पैदल आवतजावतमा पनि रोक लगाइनेछ।

सुरक्षा व्यवस्था र ट्राफिक व्यवस्थापनलाई ध्यानमा राख्दै यो निर्णय गरिएको हो। प्रशासनले स्पष्ट पारेको छ कि यो कदम आम नागरिकको सुविधा र कानून–व्यवस्था कायम राख्नका लागि उठाइएको हो।

जिल्ला मुख्यालयदेखि ग्रामीण भेगसम्म प्रशासनले तयारीलाई अन्तिम रूप दिन थालेको छ। सभा स्थल र आसपासका क्षेत्रमा सुरक्षा निकायहरूको सक्रियता थपिएको छ।

कतिपयले प्रशासनको यो निर्णयलाई सुरक्षा दृष्टिकोणले उचित बताएका छन्।प्रधानमन्त्री मोदीको यो भ्रमण पूर्वी चम्पारणका लागि निकै महत्वपूर्ण मानिएको छ, किनकि यस क्रममा उहाँले विभिन्न विकास योजनाको उद्घाटन र शिलान्यास गर्ने कार्यक्रम रहेको छ।अब सबैको ध्यान १८ जुलाईमा हुने आमसभातर्फ केन्द्रित भएको छ, जहाँ हजारौँको भीड जुट्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया लेख्नुहोस्

उस्तै खबर

Live

Listen Live FM