२०८२ फाल्गुन २१ गते बिहीबार

रुङ्गटा वेल्फेयर सोसाइटी द्वारा वीरगञ्ज रक्तसञ्चार केन्द्रलाई एसी हस्तान्तरण

 

रुङ्गटा वेल्फेयर सोसाइटीले नेपाल रेडक्रस सोसाइटी, रक्तसञ्चार सेवा वीरगञ्जलाई एसी हस्तान्तरण गरेको छ। शनिबार आयोजित एक विशेष समारोहमा उक्त एसी नेपाल रेडक्रस सोसाइटी, वीरगञ्ज शाखाका अध्यक्ष बृज किशोर पटेललाई हस्तान्तरण गरिएको हो।

कार्यक्रममा रुङ्गटा वेल्फेयर सोसाइटीका संस्थापक एवं वरिष्ठ समाजसेवी मुर्लीधर रुङ्गटा, नारायण रुङ्गटा, वीरगञ्ज महानगरपालिका ३ का वडाध्यक्ष बैजुलाल स्वर्णकार तथा अन्य विशिष्ट व्यक्तिहरूको विशेष उपस्थिति रहेको थियो।

हस्तान्तरण कार्यक्रममा अध्यक्ष बृज किशोर पटेलले भने,
“गर्मीको मौसममा रक्तदान गर्न आउने दाताहरूलाई सहज र स्वास्थ्यकर वातावरण प्रदान गर्नु अत्यावश्यक छ। यो एसी हस्तान्तरणले सेवा गुणस्तर सुधार गर्न मद्दत पुर्‍याउनेछ। सेवा सुधार नै हाम्रो पहिलो प्राथमिकता हो।”

वरिष्ठ समाजसेवी मुर्लीधर रुङ्गटाले समाजसेवामा निरन्तर सक्रिय रहँदै स्वास्थ्य सेवामा सुधारका लागि सहकार्य गर्न सोसाइटी सधैं तत्पर रहने बताउँदै वीरगञ्जका नागरिकलाई रक्तदानमा थप सक्रिय हुन आग्रह गरे।

एसी जडान भएपछि गर्मीयाममा रक्तदान गर्न आउने दाताहरूलाई सहज र आरामदायी वातावरण उपलब्ध हुने आशा गरिएको छ।

प्रतिक्रिया लेख्नुहोस्

उस्तै खबर

Live

Listen Live FM