२०८३ जेष्ठ ३ गते आईतवार

सफल तेक्वाेन्डो डोजाङमा बेल्ट अपग्रेड तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न

 

सफल तेक्वाेन्डो डोजाङ, छपकैया–३ मा आज बेल्ट अपग्रेड प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा डोजाङकी कोच नाजिया हसन सिदिकी को उपस्थितिमा प्रमुख अतिथि वरिष्ठ समाजसेवी प्रकाश उपाध्याय ले खेलकुदले स्वास्थ्य, अनुशासन र राष्ट्र गौरव बढाउने उल्लेख गर्दै अपग्रेड भएका खेलाडीलाई बधाई तथा शुभकामना व्यक्त गरे।समाजसेवी प्रकाश उपाध्याय र अभिभावक अनुप्रिया झाको विशेष उपस्थिति रहेको थियोे।

 

“खेलकुदले हामीलाई शारीरिक र मानसिक रूपमा सक्षम बनाउनका साथै अनुशासित र जिम्मेवार नागरिक बनाउँछ। खेलाडीको निरन्तर मेहनत र संघर्षले मात्र सफलता प्राप्त गर्न सकिन्छ,” प्रमुख अतिथि उपाध्यायले भन्नुभयो।

सो अवसरमा अभिभावक अनुप्रिया झा ले समेत खेलाडीहरूलाई प्रमाणपत्र वितरण गर्दै उनीहरूको हौसला बढाइन्।

आजको कार्यक्रममा हाफ ब्ल्याक ४, रेड बेल्ट ३, हाफ रेड १, ब्लु ४, ग्रिन ३ र पहेंलो १ गरी कुल १६ जना खेलाडीहरूले बेल्ट अपग्रेड प्रमाणपत्र प्राप्त गरेका छन्।

प्रतिक्रिया लेख्नुहोस्

उस्तै खबर

Live

Listen Live FM