स्थापना भएको मात्र दुई सातामै लायंस क्लब बीरगंज पिंक सिटी ले आफ्नो पहिलो सार्वजनिक सामाजिक कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ। क्लबकी अध्यक्ष पिंकी कुमारी साहको सभापतित्वमा शनिबारको दिन बीरगंज स्थित गहवामाई मन्दिर नजिक विशेष प्रसाद वितरण कार्यक्रम आयोजना गरिएको हो।

कार्यक्रममा उप डिस्ट्रिक्ट गभर्नर आर.बी. पाण्डेय, एक्सटेन्सन चेयरम्यान विनीत जयसवाल, उपाध्यक्ष इन्दु गोयल, रेखा चौधरी, सचिव नीतू गुप्ता, कोषाध्यक्ष पम्पा गिरी, अर्चना बरनवाल, अनु सर्राफ, रजनी झा, रानी गुप्ता, शांडीनी झा, सोनल चौधरी, ब्यूटी जयसवाल, मुन्नी जयसवाल, सगीता, कुसुम बरनवाल, जिनो साह, इन्दु श्रेष्ठ, अंशुका, अनुराधा यादव, सुनील गुप्ता, उमेश साह कानू, अशोक बेरीवाल, बासु तिमिलसिना, बिजय कुशवाहा, आसमा सिंह यादव, श्याम गुप्ता, प्रकाश उपाध्याय, प्रेम चन्द गोयल लगायत लायंस क्लबका सदस्य, समाजसेवी, पत्रकार तथा स्थानीय भक्तजनहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
अध्यक्ष पिंकी कुमारी साहले स्वागत मन्तव्य दिँदै क्लबको आगामी गतिविधि समाजसेवा, स्वास्थ्य, शिक्षा र मानवतावादी कार्यमा केन्द्रित रहने बताइन्। उनले नवस्थापित क्लबलाई सबल बनाउन सम्पूर्ण सदस्यहरूको सक्रियता र एकताले ठूलो योगदान पुर्याउने विश्वास व्यक्त गरिन्।

कार्यक्रमका प्रमुख अतिथि आर.बी. पाण्डेयले क्लबको यो पहल समाजमा सकारात्मक प्रभाव पार्ने र सेवा भावनालाई बलियो बनाउने खालको रहेको बताए। उनले बीरगंज पिंक सिटीलाई जिल्लाका अन्य लायंस क्लबहरूमध्ये उदाहरणीय क्लब बनाउने संकल्पका साथ अगाडि बढ्न आग्रह गरे।सोको जानकारी लायन्स क्लबका आजिवन सदस्य लायन राधेश्याम खेतानले दिएका थिए।

यस अवसरमा उपस्थित अतिथिहरूले समेत नवस्थापित क्लबलाई शुभकामना व्यक्त गर्दै भविष्यमा अझ धेरै जनहितकारी कार्यक्रम सञ्चालन गर्न प्रेरणा दिएका थिए।









