२०८२ चैत्र १० गते मंगलवार

मारवाड़ी महिला सम्मेलनद्वारा “सुरंगों सावन” सावन मेला आयोजना

 

आज आइतबार अखिल भारतीय मारवाड़ी महिला सम्मेलन रक्सौल इकाईको तत्वावधानमा शहरको बैंक रोडस्थित श्री सत्यनारायण मारवाड़ी पंचायती मन्दिर परिसरमा “सुरंगों सावन” नामक सावन मेला आयोजना गरिएको छ। सम्मेलनकी अध्यक्ष श्रीमती सोनु काबराको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन पूर्व अध्यक्ष वीणा गोयलले गर्नुभयो। प्रत्येक वर्ष सावन महिनामा हुने मारवाड़ी समाजको यस परम्परागत मेलामा शहर तथा वरपरका क्षेत्रका महिलाहरूको उल्लेखनीय सहभागिता रह्यो। कार्यक्रममा विभिन्न स्टलहरूमा सहभागीहरूले विभिन्न सामग्रीको खरीदारी गरे। मेलाको मुख्य आकर्षण राधा–कृष्णको झूला र लड्डू गोपालका वस्त्रहरू रहेका थिए।

यस अवसरमा सम्मेलनकी अध्यक्ष श्रीमती सोनु काबरा र सचिव संगीता धानोठियाले संयुक्त रूपमा बताउनुभयो कि संस्थाको वार्षिकोत्सवको अवसरमा यो मेला विगत ७ वर्षदेखि निरन्तर आयोजना हुँदै आएको हो। उहाँहरूले सावन महिनाको धार्मिक महत्व र प्रकृतिको सौन्दर्यलाई स्मरण गर्दै यस्ता आयोजनाबाट समाजमा आपसी प्रेम र सौहार्दको भावना अझ प्रगाढ हुने उल्लेख गर्नुभयो।

आज आयोजित “सुरंगों सावन” मेलामा महिलाहरूले सांस्कृतिक कार्यक्रम प्रस्तुत गरे भने विभिन्न चटपटा परिकारहरू, श्रृंगार सामग्री, सजावटी एवं कलात्मक सामग्री, पूजा सामग्री, रंगीबिरंगी फेन्सी राखी, लुम्बा, महिलाहरूका कुर्ता, सारी, नयाँ फेसनका सुट र दुपट्टा साथै विभिन्न गृहोपयोगी सामग्रीका स्टल राखिएका थिए। साथै मनोरञ्जनात्मक खेलहरूको पनि व्यवस्था गरिएको थियो। महिला सम्मेलनकी अनुराधा शर्माले यस मेलाबाट हुने आम्दानीलाई प्रमुखत: प्राकृतिक विपद्मा प्रभावित व्यक्ति, आर्थिक रूपमा कमजोर तथा असहाय मानिसहरू, महादलित बस्तीका बालबालिकाको शिक्षा र वातावरणको संरक्षण एवं संवर्द्धनमा खर्च गरिने जानकारी दिनुभयो।

कार्यक्रमलाई सफल बनाउन संगीता अग्रवाल, अनुजा अग्रवाल, सुशीला धानोठिया, अनुराधा शर्मा, रचना रूँगटा, मीना भरतिया, शशि अग्रवाल, शिखा रञ्जन, सुमन अग्रवाल, संगीता रूँगटा, सुनीता शाह, नीलम खेतान, बबली अग्रवाल, सरिता शर्मा तथा मधु अग्रवाल लगायत अन्य सदस्यहरूले उल्लेखनीय योगदान पुर्‍याएका थिए।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM