२०८२ मंसिर २६ गते शुक्रबार

वीरगञ्जमा ३ दिने सञ्चारकर्मी क्षमता अभिवृद्धि कार्यक्रम सुरु

 

वीरगञ्जस्थित होटल वृन्दावनमा सञ्चारकर्मीहरूका लागि ३ दिने क्षमता अभिवृद्धि कार्यक्रमको भव्य शुभारम्भ गरिएको छ। ‘आम सञ्चार माध्यम तथा सञ्चारकर्मीहरूका लागि क्षमता अभिवृद्धि’ शीर्षकमा सञ्चालन हुने उक्त कार्यक्रममा वीरगञ्जका विभिन्न सञ्चारमाध्यमहरूबाट आएका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको छ।

कार्यक्रम नेपाल आजतक मिडिया प्रा.लि. वीरगञ्ज, पर्साको आयोजनामा तथा वीरगञ्ज महानगरपालिकाको सहयोगमा सुरु गरिएको हो। आयोजकका अनुसार कार्यक्रम तीन दिनसम्म सञ्चालन हुनेछ जसमा पत्रकारिता क्षेत्रसँग सम्बन्धित विभिन्न विषयहरूमा विशेषज्ञहरू द्वारा प्रशिक्षण दिईएको थियोे।

कार्यक्रमको उद्घाटन सत्रमा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव अशोक तिवारी प्रमुख अतिथिका रूपमा सहभागी रहे भने विशिष्ट अतिथिका रूपमा समाजवादी प्रेस संगठनका केन्द्रीय सचीव बृजलाल पासवान, मधेस प्रदेश अध्यक्ष मनोज पटेल लगायतका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

उक्त कार्यक्रम नेपाल आजतक मिडिया प्रा.लिका सञ्चालक विनोद पटेलको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रमले स्थानीय सञ्चारकर्मीहरूलाई अझ प्रभावकारी, जिम्मेवार र दक्ष बनाउने विश्वास आयोजकले व्यक्त गरेका छन्।

प्रतिक्रिया लेख्नुहोस्

neelambads

Live

Listen Live FM