अभिलाषगुप्ता
वीरगञ्ज,०९ जेष्ठ
राष्ट्रिय समता पार्टी नेपालद्वारा भारतको प्रसिद्ध धार्मिक स्थल श्री केदारनाथ तथा श्री बद्रीनाथ धामतर्फ प्रस्थान गर्न लागेका नेपाली तीर्थयात्रीहरुलाई एक विशेष बिदाइ कार्यक्रमको आयोजना गरी ससम्मान बिदाइ गरिएको छ।
उक्त कार्यक्रम वीरगञ्जको ऐतिहासिक माईस्थान मन्दिर प्राङ्गणमा आयोजित गरिएको थियो। कार्यक्रममा पार्टीका महासचिव अभिषेक तिवारी, बिरगंजका अध्यक्ष अमर सरार्फ तथा अन्य पदाधिकारी तथा सदस्यहरूको सक्रिय उपस्थिति रहेको थियो।
तीर्थयात्रामा सहभागी भक्तजनलाई टिका, खादा र नेपालको राष्ट्रिय झण्डा प्रदान गर्दै उनीहरुको यात्रा सफल र सुरक्षित होस् भन्ने कामना गरिएको थियो। यस अवसरमा यात्रुहरूको समूहमा अनलाइन न्यूज दैनिकका सञ्चालक अजय साह, प्रह्लाद चौरसिया लगायत अन्य श्रद्धालुहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
राष्ट्रिय समता पार्टी नेपालका प्रतिनिधिहरूले तीर्थयात्रामा सहभागी सम्पूर्ण टोलीप्रति सम्मान प्रकट गर्दै विदेशमा समेत नेपालको नाम उच्च राख्ने काममा सहयोगी भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।
कार्यक्रमले धार्मिक सहिष्णुता, राष्ट्रिय एकता तथा संस्कृतिक आदान–प्रदानमा सकारात्मक सन्देश दिएको आयोजकले बताएका छन्। यात्रुहरूको टोलीलाई शुभकामना दिँदै स्थानीय सर्वसाधारण, धर्मगुरु तथा समाजसेवीहरू समेत सहभागी भएका थिए।
उक्त बिदाइ कार्यक्रमले नेपाली समाजमा धार्मिक पर्यटन र अध्यात्मिक यात्राको महत्व झनै उजागर गरेको छ।









